काठमाडौं- बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध कठोर कदम चालिरहँदा पनि कर्मचारीहरू घुस लिन पछि परेका छैनन्।
त्यसकै एउटा उदाहरण काठमाडौंभित्रकै एकजना कर्मचारी बनेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत एकजना प्राविधिक सहायक घुससहित सोमबार पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त विभागको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक सञ्जय चौधरीलाई सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उद्योग नवीकरण गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेर दुःख दिएको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो। त्यही क्रममा चौधरीलाई रकमसहित विभाग परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपाने बताएका छन्।
उनको साथबाट घुस रकमसहित दुई थान मोबाइल पनि बरामद गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको न्यौपानेले बताए ।













प्रतिक्रिया