केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला « Khabarhub

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई अस्पतालमा छन् । उनीहरू हुन् पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता दीपक खड्का ।

ओली भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा प्रधानमन्त्री हुँदा पनि जिम्मेवारी बहन गर्न नसक्दा ७६ जनाले ज्यान गुमाएको विषयमा र खड्कामाथि सम्पत्ती शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढिरहेको छ ।

ओलीलाई शनिबार भक्तपुरस्थित निवासबाट र खड्का आइतबार पक्राउ परेका हुन् । उनीहरू दुवै अस्वस्थ भएर अस्पतालमा छन् ।

‘एनेक्स–१’ को शय्या नम्बर ५०१ मा ओलीको २४ सै घण्टा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

ओलीमा उच्च रक्तचाप, थाइराइड हर्मोनको कमी, मिर्गौलासम्बन्धी समस्या, पित्तथैलीमा पत्थरी र मुटुको धड्कन बढ्ने समस्या एकसाथ देखिएको छ ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ । ओली शारीरिक तथा मानसिक रूपमा तयार भएपछि मात्र शल्यक्रिया गर्ने तयारी छ । शल्यक्रिया गर्नैपर्ने अवस्था भए पनि तत्काल अन्य स्वास्थ्य जटिलताका कारण शल्यक्रिया नगर्ने चिकित्सकहरूले बताएका छन् ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री खड्का पनि त्यहीँ अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या आएपछि सोमबार बिहान महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो ।

बान्ता तथा पखालाका कारण अस्पताल भर्ना भएका खड्काको स्वास्थ्य अवस्था सुधारात्मक रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १० : ४७ बजे

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई

प्रधानमन्त्री राहत कोषमा पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

काठमाडौँ– भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अमेरिकाको

भारी वर्षाको सम्भावनापछि मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

हेटौँडा– बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षाको सम्भावना

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने