अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय « Khabarhub

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको कलह चुलिँदै जाँदा नेता डा. शेखर कोइराला अलग्गै तयारीमा लागेका छन् ।

कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको भेलामा पनि सहभागी हुन नछाडेका शेखरले एक्लै सम्भावित रणनीतिको खाका कोर्न थालेका हुन्।

परिवारकै सदस्य डा. शशांक कोइराला र सुजाता कोइराला विशालनगरमा साताअघि भएको छलफलमा सहमत भएर पनि देउवा समूहतिरै लागिसकेका छन् । पार्टी बलियो बनाउने विशालनगरको सहमतिविपरीत देउवा समूहतिरै उनीहरू सक्रिय हुँदा शेखरले भने बिहीबार बागमती प्रदेशस्तरीय छलफल गरेका छ्न्।

बालुवाटारस्थित ओपेरा होटलमा सम्पन्न छलफल कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय पूर्वपदाधिकारी एवमु पूर्वकेन्द्रीय सदस्यहरू, जिल्ला सभापति र पूर्वसभापति, सांसद र पूर्वसांसद, बागमती प्रदेश सांसद, कांग्रेस बागमती प्रदेश कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू लगायत सहभागी भए ।

शेखरको सचिवालयका अनुसार देश र पार्टीको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै रणनीति तयार गर्ने उद्देश्यले सुझाव लिन छलफल आयोजना गरिएको हो ।

छलफलमा सहभागीहरुले पन्ध्रौं महाधिवेशनका लागी क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अध्यावधिक गर्न नहुने अडान राखेका छन् ।

अहिले आएर सदस्यता अध्यावधिक व्यवहारिक नभएको उनीहरूको तर्क थियो । उनीहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको पनि बताएका छन् । पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी पनि सभापति गगनकुमार थापाकै रहेको उनीहरूले निष्कर्ष सुनाएका छन् ।

छलफलमा नेताहरू डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाइँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव र गणेश लामा सहभागी थिए ।

त्यसैगरी संघीय सांसदहरू डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा पनि छलफलमा सहभागी भए।

उता कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सह-महामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाइँ, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला, धादिङ कार्यसमिति सभापति रामनाथ अधिकारी, नुवाकोट कार्यसमिति सभापति रमेश महत, चितवन कार्यसमिति सभापति राजेश्वर खनाल, मकवानपुर कार्यसमिति उपसभापति धर्म लामिछाने पनि सहभागी थिए ।

उता सिन्धुलीका कार्यसमिति सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति नीलकाजी शाक्य, बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, बागमती प्रदेश पूर्वसांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुरका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय सभापति बिनोद कायस्थ, नेता लोकेश ढकाल लगायतसहित १२३ जना सहभागी थिए ।

गत पुसमा गगन थापाले विशेष महाधिवेशन गरेर शेरबहादुर देउवाला गलहत्याएपछि कांग्रेसमा कलह जारी छ । सर्वोच्चको अन्तिम फैसलाबाट पनि राहत नपाएको देउवा र खड्का पक्ष अहिले बिलखबन्दमा छ । यस्तोमा उनीहरूले गत मंसिरमा तय गरिएको नियमित महाधिवेशन वैशाख अन्तिममा गर्नुपर्ने बताइरहेका छन् ।

देउवाबाट कांग्रेसको आधकािरिकता खोसेका गगनकुमार थापा भने भदौ या असोजमा महाधिवेशन गर्ने पक्षमा उभिएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : २९ बजे

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले

आजका समाचार : रातो मच्छिन्द्रनाथको जात्रा समापन, रास्वपा महाधिवेशनको तयारी पूरा र युद्धविरामका बीच लेबनानमा आक्रमण

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकनराष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री