आज पनि घट्यो नेप्से परिसूचक « Khabarhub

आज पनि घट्यो नेप्से परिसूचक


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव ५२, निर्जीवन बिमा शून्य दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ३ : ३५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता