आज पनि घट्यो नेप्से परिसूचक « Khabarhub

आज पनि घट्यो नेप्से परिसूचक


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव शून्य दुई र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ३४, म्युचुअल फण्ड शून्य दशमलव ५२, निर्जीवन बिमा शून्य दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : ३५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका