हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल « Khabarhub

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विज्ञहरूसँग छलफल गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा आज आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस’ विषयमा वायुसेवा कम्पनी तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

कार्यशालामा नेपालको पहिलो ‘फ्लाइट डेटा मनिटरिङ’ (एफडिएम)सम्बन्धी ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस इम्प्लिमेन्टेसन फर फ्लाइट सेफ्टी’ विषयमा विज्ञहरूले प्रस्तुति दिएका थिए  ।

पर्यटन मन्त्रालयका सचिव मुकुन्दाप्रसाद निरौलाले उद्घाटन गरेको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव मुकेश डङ्गोलले कार्यक्रमको उद्देश्य बारेमा सहभागीलाई जानकारी गराए ।

उक्त कार्यक्रममा हवाई उडानका तथ्याङ्कको विश्लेषण गरी भविष्यमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र तथ्याङ्कमा आधारित सुरक्षा प्रणाली लागू गर्न विशेष जोड दिइएको थियो ।

पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङका विभागीय प्रमुख डा सुदीप भट्टराईको प्राविधिक नेतृत्व र हिमालय एयरलाइन्सको व्यवहारिक अनुभव समेटिएको कार्यशालाले प्राज्ञिक ज्ञान र हवाई उद्योगबीचको सम्बन्धलाई सुदृढ बनाएको मन्त्रालयले जनाएको छ । हिमालय एयरलाइन्सको तर्फबाट उडान जोखिम पहिचान र अन्तरराष्ट्रिय मापदण्डका सफल अभ्यास प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विज्ञ सहजकर्ताका रूपमा सहजीकरण गरेका डा भट्टराईले हवाई सुरक्षाको दृष्टिकोणबाट महत्त्वपूर्ण रहेको फलाइट डाटा मनिटरिङ एनालाइसिस र यसको महत्वको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा भइरहेका समस्या र समाधानका उपायका बारेमा आवश्यक जानकारी दिए ।

सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिले आ-आफनो संस्थामा एफडिएम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिएका थिए  ।

उक्त कार्यक्रमले एफडिएमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुका साथै नेपालको हवाई क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन नियामक निकाय र सञ्चालकका लागि एक स्पष्ट रणनीतिक मार्गचित्रसमेत तयार गर्न सहयोग पुगेको मन्त्रालयको नागरिक उड्डयन महाशाखाले जनाएको छ ।

कार्यक्रममा नेपाली वायुसेवा कम्पनीबाट हवाई सुरक्षासँग सम्बन्धित कर्मचारी, नियामक निकाय, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी, पुल्चोक क्याम्पसको सम्बन्धित विभागका विद्यार्थी र मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कर्मचारीलगायत व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : २४ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै