सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी « Khabarhub

सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: नेपालको भौगोलिक अवस्था र व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराएको छ । कम्पनीले ११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा २८ वटा उत्कृष्ट मोडलहरू बजारमा ल्याएको हो ।

विशेषगरी गर्मी मौसममा खाद्य सामग्रीहरूको ताजगी कायम राख्न चुनौती हुने कुरालाई ध्यान दिँदै सीजीले ‘सुपरफास्ट फ्रिजिंग’ प्रविधियुक्त फ्रिजरहरू ल्याएको हो, जसले दुध, दही, मासु र तरकारी जस्ता वस्तुहरूलाई लामो समयसम्म बिग्रन दिँदैन ।

कम्पनीले आफ्ना उपभोक्ताहरूको विश्वास जित्नका लागि फ्रिजरको कम्प्रेसरमा ६० महिना अर्थात् ५ वर्षको विशेष वारेन्टी प्रदान गरेको छ । नेपालको अस्थिर भोल्टेज र प्रतिकूल मौसममा पनि निरन्तर चल्न सक्ने शक्तिशाली एवं भरपर्दो कम्प्रेसर यी फ्रिजरहरूको मुख्य विशेषता हो । साथै, यसमा प्रयोग गरिएको विशेष इन्सुलेशन प्रविधिले बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम राख्ने हुनाले सामानहरू सुरक्षित रहन्छन् ।

सािना पसलदेखि ठूला उद्योगसम्मका व्यवसायीलाई लक्षित गर्दै सीजीले अत्यन्तै सरल खरिद प्रक्रिया समेत ल्याएको छ। अब ग्राहकले आफ्नो नागरिकता मात्र पेश गरेर शून्य प्रतिशत ब्याज र सजिलो ईएमआईमा आफूलाई मनपर्ने चेष्ट फ्रिजर खरिद गर्न सक्नेछन्। यो योजनाले विशेषगरी साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई आर्थिक भार कम गर्ने कम्पनीको विश्वास छ।

विगत ४० वर्षदेखि नेपालीहरूको भरोसा जित्दै आएको सीजीका देशभर २१ वटा सीजी डिजिटल शोरुम र ४० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। ग्राहकले आधिकारिक बिक्रेता वा अनलाइनमार्फत पनि यी उत्पादनहरू खरिद गर्न सक्नेछन्। नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै मुख्य लक्ष्य राखेको सीजीले नेपालीहरूको समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ८ : ०० बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा