सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी « Khabarhub

सीजीले ल्यायो चेष्ट फ्रिजर, ५ वर्षको वारेन्टी


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ: नेपालको भौगोलिक अवस्था र व्यावसायिक वातावरणलाई मध्यनजर गर्दै नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराएको छ । कम्पनीले ११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा २८ वटा उत्कृष्ट मोडलहरू बजारमा ल्याएको हो ।

विशेषगरी गर्मी मौसममा खाद्य सामग्रीहरूको ताजगी कायम राख्न चुनौती हुने कुरालाई ध्यान दिँदै सीजीले ‘सुपरफास्ट फ्रिजिंग’ प्रविधियुक्त फ्रिजरहरू ल्याएको हो, जसले दुध, दही, मासु र तरकारी जस्ता वस्तुहरूलाई लामो समयसम्म बिग्रन दिँदैन ।

कम्पनीले आफ्ना उपभोक्ताहरूको विश्वास जित्नका लागि फ्रिजरको कम्प्रेसरमा ६० महिना अर्थात् ५ वर्षको विशेष वारेन्टी प्रदान गरेको छ । नेपालको अस्थिर भोल्टेज र प्रतिकूल मौसममा पनि निरन्तर चल्न सक्ने शक्तिशाली एवं भरपर्दो कम्प्रेसर यी फ्रिजरहरूको मुख्य विशेषता हो । साथै, यसमा प्रयोग गरिएको विशेष इन्सुलेशन प्रविधिले बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम राख्ने हुनाले सामानहरू सुरक्षित रहन्छन् ।

सािना पसलदेखि ठूला उद्योगसम्मका व्यवसायीलाई लक्षित गर्दै सीजीले अत्यन्तै सरल खरिद प्रक्रिया समेत ल्याएको छ। अब ग्राहकले आफ्नो नागरिकता मात्र पेश गरेर शून्य प्रतिशत ब्याज र सजिलो ईएमआईमा आफूलाई मनपर्ने चेष्ट फ्रिजर खरिद गर्न सक्नेछन्। यो योजनाले विशेषगरी साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई आर्थिक भार कम गर्ने कम्पनीको विश्वास छ।

विगत ४० वर्षदेखि नेपालीहरूको भरोसा जित्दै आएको सीजीका देशभर २१ वटा सीजी डिजिटल शोरुम र ४० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन्। ग्राहकले आधिकारिक बिक्रेता वा अनलाइनमार्फत पनि यी उत्पादनहरू खरिद गर्न सक्नेछन्। नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै मुख्य लक्ष्य राखेको सीजीले नेपालीहरूको समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : ०० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको