आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ « Khabarhub

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम तथा हस्ताक्षर दुरुपयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमति पत्र तयार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले छोकडा पैठारीमा पूर्ण बन्देज लगाएको अवस्थामा उक्त अनुमति पत्र बनाइ भन्सार कार्यालयमा पेश गरिएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुरअन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पर्साको वीरगञ्ज महानगरपालिका–११, आदर्शनगरबाट पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउपछि अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ८ : ३१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्