आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ « Khabarhub

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ


१७ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नाम तथा हस्ताक्षर दुरुपयोग गरी १०० टन छोकडा (खजुर) आयातको लागि किर्ते अनुमति पत्र तयार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।

निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले छोकडा पैठारीमा पूर्ण बन्देज लगाएको अवस्थामा उक्त अनुमति पत्र बनाइ भन्सार कार्यालयमा पेश गरिएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को लिखत सम्बन्धी कसुरअन्तर्गत अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पर्साको वीरगञ्ज महानगरपालिका–११, आदर्शनगरबाट पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउपछि अग्रवालमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : ३१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको