खस्किएको भी-टेनको क्रेज « Khabarhub

खस्किएको भी-टेनको क्रेज

तुलनात्मक रुपमा चल्न छाडे गीत


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको काम गर्थे । उनी बुवाको हेल्पर भएर धेरै पटक हिडेका छन् । उनी भन्छन्, ‘मलाई फर्निचरको काम आउँछ ।’

यो धरातलबाट उनी मुलुकको स्टार हिपहप आर्टिस्ट बने । र्‍यापरहरू नै भन्दै आएका छन्, ‘भी-टेन सुपरस्टार हो ।’

‘हरेक गीत सुपरहिट । स्टेजमा उस्तै डिमान्ड । ‘वेस्टर्न र्‍यापर’को हुलियामा नेपाली फ्लेभरका गीत । कन्सर्टमा दर्शक उफार्ने इनरजेटिक गीत,’ यी कुराले भी-टेनलाई नेपालको सबैभन्दा बढी फलोअर्स र सस्क्राइब भएको र्‍यापर बनायो ।

भी-टेन ०७५ देखि ०८० सम्म नेपाली हिपहप सिनको एक्लो प्राइम आर्टिस् हुन् । उनको गीत ‘यात्री’ सबैभन्दा बढी भ्युज पाउने दोस्रो नेपाली र्‍याप गीत हो ।

उनी ‘रअ बार्ज’ले उदायका र्‍यापरलाई छायामा पार्ने गरी हिपहप सिनमा उदाए । उनी आउनुभन्दा पहिला र्‍यापर लाहुरे सिनको प्राइममा थिए ।

एक गीतले चम्किएका भी-टेन

भी-टेनको उदय पुराना र्‍यापर गिरिश खतिवडाको भ्लगबाट भएको हो । ९ वर्षअघि गिरिशको भ्लगमा उनले ‘चुरोट’ शीर्षकको र्‍याप गाएका थिए ।

यो क्लिप दर्शकको नजरमा पर्‍यो । गिरिशले नै उक्त गीत रेकर्ड गराएपछि भी-टेनको उदय सुरु भयो ।

‘सिमसिमे पानी’ले उनलाई स्टार बनायो । तर, यो गीत भ्युजिक नेपालले प्रतिलिपि अधिकार प्रयोग गरी हटाइदियो । तथापि यही गीतले उनलाई स्टेजमा व्यस्त बनायाे । त्यसपछिका कमर्सियल गीतहरूले उनको व्यवसायिक करिअरलाई राम्रै उडान भराए ।

विवादबाट उम्कन नसक्ने भी-टेन

भी-टेन ८ वर्षको करिअरमा धेरै विवादमा फसेका छन् । उनी सबैभन्दा बढी विवादित र्‍यापर पनि हुन् ।

उनी आफूलाई ब्याटल र्‍यापमा वास्ता छैन र भएन भन्छन् । तर, उनले ब्याटल गरेको भिडियो र अर्को एक र्‍यापरले ब्याटल गर्न नमान्दा डिससमेत फ्याँकेका छन् । जुन डिस ट्रयाक उनकै च्यानलमा छ ।

ब्याटलमा फितलो प्रस्तुती दिएकाले भी-टेनकै आग्रहमा त्यसको भिडियो आधिकारिक रुपमा सार्वजनिक छैन । दर्शकबाट चुहिएको भिडियोका कारण उनी हाडकोर हिपहप फलोअर्ससमक्ष ‘दोहोरो चरित्र’ भएका र्‍यापर मानिन्छन् ।

पोखरामा उनीमाथि स्टेजमै ढुंगा प्रहार भएको थियो । त्यो घटना भएको बेला उनले स्टेजमै बबन्डर गरेका थिए । त्यो परिस्थितिलाई सामान्यकरण गर्न सकेनन् । ‘आत्महत्या गर्छु’ भन्दै स्जेटमै उनले घाँटीमा डोरी कस्ने प्रयास गरेका थिए । यो सन् २०१८ को घटना हो ।

उनीमाथि चितवनमा पनि ढुंगा प्रहार भयो । त्यसबेला भने उनले समान्यकरण गरेर प्रस्तुती सके । यसबेला उनी परिपक्क व्यवसायिक कलाकार देखिए ।

भी-टेनका गीतमा अश्लील शब्द प्रयोग नभएको पाउन मुस्किल छ । तर, प्रहरीमाथि नै अश्लील शब्द प्रयोग भएकाले उनी हिरासतसम्म पुगे ।

चार वर्षअघि भी-टेनले दरबारमार्गको सडकमा पैसा फ्याँकेर लफडा गरेको भिडियो भाइरल भएको थियो । यसले उनको करिअरलाई असर गरेको पाइन्छ । ‘नाम र पैसाको उन्माद चढेको’ प्रतिक्रियाका साथ उनको चर्को आलोचना भएको थियो ।

पैसामा सुतेको भिडियो हालेर पनि उनी आलोचित भए ।

भी-टेन पछिल्लो समय दर्शकसँग साक्षात्कार गर्न सामाजिक सञ्जालको लाइभमा आइरहन्छन् । उनी नशामा हुन्छन्, आफूले खाइरहेको कुरा उनले लाइभमै देखाउँछन् ।

अश्लील शब्द र नशामा गरेको हर्कतले उनको छवि नै खुइलिरहेको छ । त्यही लाइभको क्लिपले उनी मिमको खुराकसम्म बन्ने गरेका छन् ।

केही दिनअघि मात्रै उनी अर्को विवादमा परे । डेनमार्कको कन्सर्टमा झगडाका कारण व्यवस्थापकले प्रस्तुती रोक्न गरेको आग्रह नमान्दा उनको हातबाट माइक खोसियो । स्थिति असहज हुँदा उनी गीत प्रस्तुती दिन व्यवस्थापकको हातबाट माइक खोसिरहेका थिए । नशामा उनले व्यवसायिक मर्यादा बिर्सिएको उनीमाथि दर्शकको आरोप छ ।

खस्किए गीतहरू

भी-टेनमा अन्डरग्राउन्ड र्‍यापर हुँदासम्म फ्लेक्सबाट टाढा रहनुपर्छ भन्ने मान्यता थियो । उनी भिडियोमा अस्वभाविकरुपमा युवती र लक्जरी आइटम देखाउने कुराको विरोध गीतमार्फत् राख्थे ।

क्रान्तिको लेगेसी बोकेर उदाएको हिपहपको मर्मलाई यथावत राख्नुपर्छ भन्ने विचारधारबाट उनी प्रेरित थिए । जब उनी पैसा कमाउन थाले उनी फ्लेक्स केन्द्रित बने । अर्थात्, उनी मुलधारमा छिरेपछि आफ्नै विचारबाट विचलित ठहर भए ।

उनको पछिल्लो एल्बम ६ महिनाअघि युट्युबमा सार्वजनिक भयो । उनका पहिलाका गीतमा तुलनामा यस एल्बमले निकै कम भ्युज पायो । पहिला पाउने भ्युजसँग तुलना गर्ने हो भने उनको एल्बम फ्लप भएको प्रष्ट हुन्छ ।

३० लाख सस्क्राइब भएका भी-टेनलाई अहिले १ करोड भ्युज पाउन धौ धौ छ । प्राइमा रहँदा उनका लागि करोड भ्युज सामान्य थियो ।

५–६ वर्षसम्मअघि उनका हरेक गीत करोड क्लबमा थिए । अहिले दुर्लभ बनेको छ । पछिल्ला दर्जन गीतमा एउटा मात्रै करोड क्लबमा प्रवेश भएको पाइन्छ ।

अहिले दर्शकहरू असन्तुष्ट रहेको अर्को प्रमुख कारण गीतको क्वालिटी नै हो । न भी-टेनले लिरिकल्ली सन्तुष्ट पार्न सकेका छन्, न उनको ‘पारा’ (भिडियोमा देखिने एटिट्युड) नै लेभलअप भएको छ । बरु अटोट्युनले दर्शक आजित भएका छन् ।

पछिल्लो समय अटोट्युनको प्रयोग बढी भएको पाइएपछि लोयल फ्यान पुराना गीत सुन्न बाध्य छन् । पुराना गीतका कमेन्ट बक्समा दर्शकको असन्तुष्टि मज्जलै देखिन्छ ।

धेरैले कमेन्टमा ‘पूरानो भी-टेनको अभाव खड्कियो’ लेखेका छन् । अर्थात्, उनले कमसल लिरिक्स र अटोट्युनको सहज बाटो रोजेको उनकै फ्यानलाई मन परेको छैन ।

अझ भी-टेन दमदार भोकल भएकाले नै चर्चामा आएका र्‍यापर हुन् । अहिले यसकै अभाव उनको गीतमा खड्किन्छ ।

स्थापित भएपछि कलाकार अल्छी हुने प्रवृति भी-टेनमा देखिएको छ । यसको असर उनको गीतको भ्युजमा देखिएको छ । कुनै दिनको असहज बिन्दू उनकै लागि दुर्लभ बन्दै छ ।

अहिले अन्य र्‍यापरको उदयसँगै उनी स्टेजमा पनि कम मात्रामा देखिन थालेका छन् । कतै पछिल्ला गीतले पाएको नगन्य भ्युजको असर त होइन ?

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ७ : २३ बजे

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पर्यटकले ढोरपाटनका होटल भरिभराउ, बास नपाएपछि सयौँ फर्किए

बागलुङ– लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

अछाम– अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप

इलामको माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम– लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,