आज २०८३ साल जेठ १६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ १६ गते शनिबारको राशिफल


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८३ साल जेठ १६ गते शनिबार अधिक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ मे ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । सञ्चित धनको खर्च हुनेछ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। विवादमा पर्नसक्ने भएकाले आज थोरै मात्र बोल्नु उपयुक्त हुन्छ। शिक्षामा थप मिहिनेतको खाँचो छ ।

वृष : तपाईंको बोलीमा सरस्वतीको बास छ। परोपकारमा बोलीको प्रयोग गर्नुपर्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मिथुन : जोगिएर काम गर्नुपर्ने दिन छ । खर्च बढ्दा मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ

कर्कट : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

सिंह : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : कमाइ हुने दिन छ। साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

तुला : तपाईंले गरेको श्रमको मुल्या‌कन हुनेछ। मानसम्मान प्राप्त हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाफा हुने दिन छ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

वृश्चिक : आज पूराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ। नयाँ योजना बन्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

धनु : व्यापारमा घाटा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ। परिवारको साथ र सहयोग हुनेछ। मन शान्त बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

मकर : आज बोलीको प्रभाव बढ्नेछ। आम्दानी हुनेछ। कतै घुमफिरको योजना तय हुनसक्छ। पारिवारिक मेलमिलाप हुनेछ। मिहिनेतको फल मिल्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।

कुम्भ : एकल निर्णय घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्ने छ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ५ : ४१ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।