पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन « Khabarhub

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी ‘एजेन्डा’ र कार्ययोजना तय गरेको छ ।

यही जेठ १२ देखि १५ गतेसम्म काठमाडौँमा भएको सम्मेलनले यसका साथै एकजुट भएर अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कार्ययोजना तय गरेको छ । यो पहल अन्तर्राष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषयक सम्मेलनमा विभिन्न ४० देशका १०० बढी पशुपालक तथा खुला चरन क्षेत्रमा गरिने पशुपालन (र्‍यान्च) सञ्चालन गर्ने महिलाको सहभागिता थियो । सम्मेलनले विश्वव्यापी पशुपालक महिला सञ्जाल गठन, साझा एजेन्डा तथा कार्यका लागि ‘काठमाडौँ घोषणा पत्र’ (मेरां१६) को मस्यौदा तयार र विश्वव्यापी नीतिगत मञ्चहरूमा साझा रणनीति तय गरेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र आइवाइआरपी कार्यसमूहको ‘पास्टोरालिज्म एन्ड जेन्डर’ समूहद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु रहेको थियो ।

सम्मेलनको मुख्य विषय ‘मेरा घोषणापत्र’लाई पुनः समीक्षा गर्नु रहेको थियो । यो घोषणापत्र सन् २०१० मा भारतको ‘मेरा’ क्षेत्रमा आयोजित विश्व भेलामा पशुपालक महिलाहरूले तयार पारेको महत्वपूर्ण राजनीतिक दस्तावेज हो ।

घोषणापत्रको मस्यौदामा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, आधारभूत सेवामा पहुँच, परम्परागत ज्ञानको मान्यता तथा जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ ।

समापन अवसरमा इसिमोडका चरनभूमिसम्बन्धी व्यवस्थापक यी शाओलियाङले पशुपालक महिला चरनभूमि र जैविक विविधताका महत्वपूर्ण संरक्षक भएको बताए । साथै उनले विशेषगरी संवेदनशील पहाडी तथा सुक्खा क्षेत्रमा उनीहरूको नेतृत्व दिगो भू–दृश्य र जलवायु अनुकूलनका लागि अत्यन्त आवश्यक हुने उल्लेख गरे ।

यसैगरी, इसिमोडकै इकोसिस्टम विशेषज्ञ सृजना जोशी रिजालले यस क्षणलाई ऐतिहासिक भन्दै यो पशुपालक महिलाका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरे । उनले भने, ‘उनीहरू हाम्रो ग्रहका संरक्षक हुन् । विभिन्न क्षेत्रका महिलाहरू एकजुट भएर वर्तमान र भावी पुस्ताको साझा भविष्य सुरक्षित गर्न तथा आफ्नो आवाज विश्वव्यापी मञ्चसम्म पु¥याउन प्रतिबद्ध भएका छन् ।’

आइवाइआरपी कार्यसमूहको ‘पास्टोरालिज्म एन्ड जेन्डर’ सह–अध्यक्ष नित्या घोटगेले यो निर्णायक क्षण भएको बताउँदै विश्वभरका पशुपालक महिलाहरू आफ्ना सन्तान र समुदायको भविष्य निर्माण गर्न एक ठाउँमा भेला भएका उल्लेख गरे ।

नवनिर्मित विश्वव्यापी सञ्जालले विभिन्न क्षेत्रबीच ज्ञान आदानप्रदान, आपसी सहयोग तथा संयुक्त वकालतलाई निरन्तरता दिनेछ । यसले स्थानीय तहदेखि विश्वव्यापी नीतिसम्म पशुपालक समुदायको आवाज पु¥याउन सहयोग गर्ने बताइएको छ ।

सोही अवसरमा चीनको भित्री मङ्गोलियाबाट सहभागी सिकीन्किमुगेले भने, ‘यस कार्यक्रममा सहभागी हुन पाउँदा म गौरवान्वित महसुस गरिरहेकी छु र अब विश्वव्यापी पशुपालक महिला सञ्जाल बन्ने कुरा सुनेर उत्साहित छु ।’

विश्वव्यापी रूपमा खाद्य प्रणाली, जैविक विविधता तथा जलवायु उत्थानशीलतामा ध्यान केन्द्रित भइरहेका बेला पशुपालक महिलालाई नेतृत्वकर्ता र अधिकारधारीका रूपमा मान्यता दिनु दिगो अर्थतन्त्र र भू–दृश्य निर्माणका लागि अनिवार्य छ ।

इसिमोडका ‘रेजिलियन्ट इकोनोमिज एन्ड ल्यान्डस्केप्स’ प्रमुख सरला खालिङले यस प्रक्रियाका उपलब्धिहरूले समावेशी विकास र वातावरणीय दिगोपन एकअर्कासँग गहिरो रूपमा जोडिएको बताए ।

सम्मेलनले तय गरेका ‘एजेन्डा’लाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गरिनेछ । साथै विभिन्न क्षेत्रका महिलाबीचको सहकार्यले नयाँ उपाय, वकालत रणनीति र भावनात्मक समर्थन आदानप्रदान गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।

चरनभूमिले पृथ्वीको लगभग आधा भूभाग ओगटेको छ र पशुपालन संसारकै सबैभन्दा व्यापक भूमि उपयोग प्रणाली हो । विश्वका पशुपालक जनसङ्ख्याको करिब आधा हिस्सा महिला तथा किशोरीको रहेको छ ।

उनीहरूले पशुपालन, भूमि संरक्षण, खाद्य सुरक्षा तथा परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । तर, उनीहरूले अझै पनि असुरक्षित भूमि अधिकार, आवागमनको सीमित अधिकार, कम राजनीतिक प्रतिनिधित्व तथा जलवायु परिवर्तनको असमान असर भोगिरहेका बारेमा समेत सम्मेलनमा छलफल भएको थियो । (रासस)

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ११ : १८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला

कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ