अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार १० जना बालबालिका सहित १८ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

लगमान प्रान्तका गभर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार ट्रकमा पाकिस्तानबाट फर्केका अफगान परिवारहरू सवार थिए । दश जना बालबालिका, पाँच जना महिला र तीन जना पुरुषसहित १८ जनाको मृत्यु भएको पुष्टि गर्दै थप, २९ जना घाइते भएको प्रवक्ताले बताएका छन् । 

पूर्वी अफगानिस्तानको जलालाबाद र राजधानी काबुल बीचको सडकमा ट्रक दुर्घटना भएको जनाइएको छ ।

पाकिस्तानका अधिकारीहरूले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कडा नियम लागु गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको तथ्यांक अनुसार यस वर्षको सुरु देखि चार लाख ४७ हजार ४०० अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्केका छन् ।

यस अघि अगस्टमा, पश्चिमी अफगानिस्तानमा इरानबाट फर्केका अफगान आप्रवासीहरू बोकेको बस र अन्य दुई सवारी साधनहरू बिचको टक्करमा १९ बालबालिका सहित ७८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  २ : २७ बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी