भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु « Khabarhub

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गरे । नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेगरी वार्षिक कार्यक्रम तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।

सबै वर्गका लागि फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगिता आयोजना गरेर नगरपालिकाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउँदै उहाँले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार, तेस्रो हुनेलाई रु पाँच हजार, चौथो हुनेलाई रु तीन हजार र पाँचौँ हुनेलाई रु तीन हजार नगदसहित महिला तथा पुरुष प्रतियोगीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ३ : २२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने