जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो) « Khabarhub

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजगारीको खोजीमा गाउँ, परिवार र जन्मथलो छाड्न बाध्य नेपाली युवाको यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोको जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

उक्त भिडियोको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेल र प्रहरी नायब उपरीक्षक डिएसपी चिरञ्जीवी दाहालले रिबन काटेर गरे ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी पौडेलले भिडियोले कर्णाली क्षेत्रको सामाजिक–आर्थिक अवस्था र त्यसले निम्त्याएको पारिवारिक बिछोडलाई जिवन्त रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

सार्वजनिक भिडियोमा कर्णालीका पहाडी गाउँ, ग्रामीण जनजीवन र अभावबीच संघर्षरत परिवारको कथा देख्न सकिन्छ । आर्थिक समस्याका कारण गाउँमै भविष्य नदेखेपछि घर छाड्न बाध्य एक युवकको कथालाई मुख्य विषय बनाइएको छ ।

मुख्य भूमिकामा रहेका अर्जुन सुनारले परिवारको आर्थिक अवस्था सुधार्ने चाहनामा श्रीमती र सानो सन्तानलाई छाडेर बाहिरिनुपर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । राज्य लक्ष्मी नेपालीले उनकी श्रीमतीको भूमिका निभाएकी छन् ।

भिडियोमा श्रीमान्–श्रीमतीबीचको आत्मीय सम्बन्ध, बाध्यात्मक विछोड र प्रतीक्षाको पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरिएको छ । कर्णाली नदी आसपासका दृश्य, सुनसान परिवेश र रित्तिँदै गएका घरआँगनमार्फत गाउँबाट हुने युवाको पलायनले परिवार र समाजमा पार्ने प्रभावलाई देखाउने प्रयास गरिएको छ ।

भिडियोमा कर्णाली क्षेत्रको मौलिक संस्कृति, पहिरन र भौगोलिक विशेषतालाई समेत समेटिएको छ । गीतको निर्देशन आयुष शाहीले गरेका हुन् । कथा राजेश विश्वकर्माको छ भने छायांकन प्रकाश विश्वले गरेका छन् । दुर्गा रावत निर्माता रहेको भिडियोको सम्पादन मदन नेपालीले गरेका हुन् ।

भिडियोले ग्रामीण नेपालको एउटा प्रतिनिधि कथा प्रस्तुत गर्ने संकेत दिएको भिडियोका सम्पादक मदन नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ३ : ५० बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक