रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी « Khabarhub

रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब १०ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव बोरामा बाँधिएको अवस्थामा रहेको र महिलाको कपाल तथा हात बाहिर निस्किएको देखिएको जनाइएको छ।

मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर समूहकी जस्तो देखिए पनि उनको पहिचान खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरेर शव उठाएको छ। शव कसले र किन त्यहाँ ल्याएर फालेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ६ : १५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना