रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी « Khabarhub

रतुवा खोलामा बोराभित्र युवतीको शव, पहिचान खुल्न बाँकी


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दमक- झापाको दमक नगरपालिका–१० सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब १०ः३० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव बोरामा बाँधिएको अवस्थामा रहेको र महिलाको कपाल तथा हात बाहिर निस्किएको देखिएको जनाइएको छ।

मृतक अन्दाजी २० देखि २२ वर्ष उमेर समूहकी जस्तो देखिए पनि उनको पहिचान खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरेर शव उठाएको छ। शव कसले र किन त्यहाँ ल्याएर फालेको हो भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ६ : १५ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’