‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’ « Khabarhub

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पत्रकारिताको क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । हिन्दी पत्रकारिताको दुई सय वर्ष पूरा भएको अवसरमा आज भारतको गोरखपुरमा आयोजित अन्तक्र्रियामा सहभागी दुवै देशका सञ्चारकर्मीहरूले सहकार्यमा जोड दिएका हुन् ।

प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा भएको कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरूप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताए ।

उनले पत्रकारिताले दुई देशका नागरिकबीच आपसी विश्वास र समझदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै पत्रकारहरूको एकता र सहकार्य समयको आवश्यकता भएको धारणा राखे ।

दैनिक जागरणका पूर्वसम्पादक कमलेश त्रिपाठीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत अझ बलियो बनाउनुपर्ने बताए । उनले खोज पत्रकारिताका क्षेत्रमा दुवै देशका पत्रकारले संयुक्त रूपमा काम गर्न सके सीमापार मुद्दाहरूको प्रभावकारी उजागर गर्न सकिने बताए ।

प्रेस ट्रस्ट अफ इण्डियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय बर्से यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पत्रकारिताको माध्यमबाट साझा मुद्दामा सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा राष्ट्रिय सहाराका पूर्वसम्पादक अनिल पाण्डे, नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलयातले नेपाल—भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्नसक्ने भएकाले सहकार्यको आवश्यकता रहेको बताए । उनीहरूले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्यमा जोड दिनुपर्ने धारणा राखे ।

हिन्दी पत्रकारिता र पत्रिकाहरूको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता)बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको त्यस अवसरमा जानकारी दिइयो ।

हिन्दी पत्रकारिताले दुई सय वर्ष पूरा गर्नु एउटा भाषा वा सञ्चारमाध्यमको विकासको कथा मात्र नभइ भारतीय समाज, चेतना, लोकतान्त्रिक आन्दोलन, सामाजिक परिवर्तन र विभिन्न सङ्घर्षहरूको ऐतिहासिक दस्तावेजसमेत भएको वक्ताहरूको भनाइ थियो ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ८ : ४० बजे

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागूऔषधका

कैलाली– कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,