काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा « Khabarhub

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका एक सय २५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराइएको छ । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई वडा नं ११ कार्यालयले तीर्थयात्रा गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरू देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका व्यक्तिसँग सामूहिक खाना र खाजा खाँदा उहाँहरूको अनुहारमा खुसीको आभास थियो ।

तीर्थयात्रामा सहभागी ८० वर्षीया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकामा आनन्द अनुभूति भएको प्रतिक्रिया दिए । ७० वर्षीया इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका पीडा बिर्सिन सजिलो हुने धारणा राखे ।

यस्तै, ७१ वर्षीया मीरा डङ्गोल महर्जनले र ७५ वर्षीया हिरामाया महर्जनले अनुभव सुनाउँदै भने, ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र हुँदो रहेनछ । समाज र आफूजस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।’

अर्का ज्येष्ठ नागरिक ७४ वर्षीय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भने, ‘सहरको जीवन एक्लै जस्तै हुने, आज आफ्नै उमेर समूहका अन्य साथीलाई भेट्दा खुब रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका जस्तै भयो । पीडा कम भयो ।’

उनले महानगरले यस्तो कार्यक्रम नियमित आयोजना र अन्य समयमा औषधि, उपचारलगायत काममा पनि सहजीकरण गर्नुपर्ने सुझाव दिए ।

महानगर भवन व्यवस्था समितिका संयोजक एवं वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘हाल घरमा ज्येष्ठ नागरिकले एक्लो जीवन बाँच्नुपर्ने अवस्था छ । रुचि र अरुचिका कुरा सोध्ने पनि छैनन् । कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । त्यसैले तीर्थयात्रामा लिने कार्यक्रम गरेका हौँ ।’

वडामा आठ सय ५० भन्दा बढीले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहेका छन् । यस वर्ष एक सय ५१ जनालाई पोषण भत्ताबापत हरेकलाई रु १२ हजार प्रदान गरिएको छ । यो सङ्ख्या गएको वर्ष एक सय ८१ थियो । वडामा पोषणभत्ता प्राप्त गर्ने नौ जना पूर्ण अपाङ्गता, १५ जना अति अशक्त र प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका सात जना व्यक्ति ज्येष्ठ नागरिक रहेका छन् ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ९ : ३३ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,