नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी « Khabarhub

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् ।

विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने खेलका लागि निको हुने गरी उपचार भइरहेको बताए ।

‘हामीलाई विश्वास छ कि उहाँ चाँडै मैदानमा फर्कनुहुनेछ र यदि उहाँ पहिलो खेल खेल्न सक्नुभएन भनेपनि दोस्रो खेलका लागि तयार हुनुहुनेछ्,’ इटालियन एन्सेलोट्टीले भने ।

बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी)का पूर्व स्टार नेइमारले विश्वकपअघि पानामा र इजिप्टविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्नुहुने छैन । ब्राजिलले पानामासँग आइतबार माराकाना रङ्गशालामा खेल्नेछ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

विश्वकपका लागि एन्सेलोट्टीको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गर्नु आश्चर्यको कुरा थियो किनभने उहाँ चोटपटक पछिल्लो समय खेलमा कमजोर प्रदर्शन कारण लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सक्नुभएको थिएन ।

यद्यपि, नेयमार सेलेकाओका लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ र यो उहाँको विश्वकप खेलमा चौथो प्रवेश हो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ९ : ५० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी