एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय « Khabarhub

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ ।

एमालेका केन्द्रीय कार्यालय च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला सङ्गठन विभाग प्रमुख, जनसङ्गठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष साथै जनसङ्गठनका सङ्गठन हेर्ने सचिव तथा सङ्गठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय सङ्गठन विभागको आजको बैठकले तय गरेको एमाले सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

सचिव ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको उनले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  १० : ५५ बजे

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को

रास्वपालाई कसैले ढाल्न सक्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी