‘माइकल’को विश्वभर दबदबा, ‘ओपेनहाइमर’ लाई पछि पार्दै बन्यो इतिहासकै सबैभन्दा धेरै कमाउने बायोपिक « Khabarhub

‘माइकल’को विश्वभर दबदबा, ‘ओपेनहाइमर’ लाई पछि पार्दै बन्यो इतिहासकै सबैभन्दा धेरै कमाउने बायोपिक


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘किङ अफ पप’ माइकल ज्याक्सन को जीवनमा आधारित फिल्म ‘माइकल’ ले विश्व बक्स अफिसमा नयाँ इतिहास रचेको छ । 

फिल्मले हालसम्म ९७७ मिलियन अमेरिकी डलर (करिब ९७ करोड ७० लाख डलर) कमाउँदै इतिहासकै सबैभन्दा धेरै कमाइ गर्ने जीवनीमा आधारित चलचित्र (बायोपिक) बन्न सफल भएको हो ।

यससँगै फिल्म ‘माइकल’ले निर्देशक क्रिस्टोफर नोलन को चर्चित फिल्म ‘ओपेनहाइमर’ को ९७५ मिलियन डलरको विश्वव्यापी कमाइको कीर्तिमान पनि तोडेको छ । यसअघि ‘ओपेनहाइमर’ नै सबैभन्दा धेरै कमाउने बायोपिकको सूचीमा शीर्ष स्थानमा थियो ।

फिल्म ‘माइकल’ले अर्को ठूलो उपलब्धि पनि आफ्नो नाममा लेखाएको छ । यसअघि नै यसले ‘बोहेमियन र्‍याप्सोडी’ लाई उछिन्दै इतिहासकै सबैभन्दा धेरै कमाउने सङ्गीतमूलक बायोपिकको कीर्तिमान बनाइसकेको थियो ।

अमेरिकामा लायन्सगेट र अन्तर्राष्ट्रिय बजारमा युनिभर्सल पिक्चर्स ले वितरण गरेको यो फिल्मले अन्तर्राष्ट्रिय बजारबाट ६०७.२ मिलियन डलर र अमेरिकी घरेलु बजारबाट ३७०.२ मिलियन डलरभन्दा बढी कमाइ गरेको छ । 

प्रदर्शनको पहिलो सप्ताहन्तमै विश्वभर २१७ मिलियन डलरको ओपनिङ गर्दै यसले सङ्गीतमूलक बायोपिकको ओपनिङ कमाइको रेकर्डसमेत तोडेको थियो ।

निर्देशक एन्टोइन फुक्वा को निर्देशनमा बनेको फिल्मले माइकल ज्याक्सनको ‘ज्याक्सन फाइभ’ बाट सुरु भएको सांगीतिक यात्रादेखि विश्वभर ‘किङ अफ पप’का रूपमा स्थापित हुनेसम्मको कथा प्रस्तुत गर्छ । 

विशेष कुरा के छ भने, माइकलको भूमिका उनका वास्तविक भतिजा जाफर ज्याक्सन ले निभाएका छन्, जसको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

यद्यपि, फिल्म विवादमुक्त भने छैन । केही समीक्षकले माइकल ज्याक्सनको जीवनका विवादास्पद पक्ष, विशेषगरी उनीमाथि लागेका बाल यौन दुर्व्यवहारसम्बन्धी आरोपलाई फिल्ममा समावेश नगरिएको भन्दै आलोचना गरेका छन् । 

तर निर्माता पक्षले भने माइकलको सांगीतिक योगदान, ऐतिहासिक प्रस्तुति र प्रतिष्ठित म्युजिक भिडियोहरूलाई केन्द्रमा राख्दै फिल्मलाई प्रस्तुत गरेको छ ।

विवादकाबीच पनि ‘माइकल’ले विश्वभरका दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । उत्कृष्ट अभिनय, भव्य कन्सर्ट दृश्यको पुनःनिर्माण र माइकल ज्याक्सनको सांगीतिक विरासतलाई पर्दामा जीवन्त रूपमा उतारेका कारण यो फिल्म अहिले विश्व बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्ने बायोपिक बनेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : २७ बजे

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’