हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर) « Khabarhub

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र सहरी स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरूप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। तर, चक्रपथअन्तर्गत कोटेश्वर–कलङ्की सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।

ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा करिब सात वर्षअघि सडक किनारमा रोपिएका वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपा क्षेत्र हराभरा बनेको हो। सडकका दुवैतर्फ फैलिएको हरियालीले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

विशेषगरी हालको गर्मीयाममा घना वृक्षले शीतलता प्रदान गरेपछि स्थानीय बासिन्दा, पैदलयात्री तथा यात्रुहरू केहीबेर विश्राम गर्न र गर्मी छल्न सडक किनारमै बस्ने गरेका छन्। हरियालीले सवारी आवागमन हुने व्यस्त सडकलाई पनि थप आकर्षक र सहज बनाएको छ।

ललितपुर महानगरपालिकाले हरियाली सहर निर्माणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ। महानगरले सडकको दायाँबायाँ, नदी किनार तथा भूक्षयको जोखिम रहेका क्षेत्रहरूमा विशेष नीति अपनाएर वृक्षारोपण अभियान सञ्चालन गरिरहेको छ।

त्यसैगरी निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पनि तोकिएका प्रजातिका बिरुवा रोप्ने व्यवस्था मिलाइएको महानगरले जनाएको छ। काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि ‘स्वच्छ हावा परियोजना’ लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर हरियाली विस्तार तथा वातावरण संरक्षणका कार्यक्रम अघि बढाइएको छ।

चक्रपथ निर्माणको ढिलाइले राजधानीका धेरै क्षेत्र अस्तव्यस्त देखिए पनि सानेपाको हरियालीले योजनाबद्ध वृक्षारोपण र दीर्घकालीन संरक्षणले सहरी वातावरणलाई कसरी सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन सक्छ भन्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ११ : ०३ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका