रास्कोटमा खाद्यान्न अभाव नहुने « Khabarhub

रास्कोटमा खाद्यान्न अभाव नहुने


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मान्म– रास्कोट नगरपालिकाले वर्षामा खाद्यान्न मौज्दात राख्ने भएको छ ।

वर्षायाममा हुनसक्ने खाद्यान्न अभावलाई ध्यान दिँदै नगरपालिकाको खाद्य डिपोमा खाद्यान्न मौज्दात राख्ने भएको हो । 

वर्षायामलाई पुग्ने गरी खाद्यान्नको मौज्दात, भण्डारण अवस्था, वितरण प्रक्रिया, गुणस्तर तथा सर्वसाधारणलाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने गरी नगरपालिकाले काम गरिरहेको नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । 

‘वर्षायाममा बाढी पहिराका कारणले सडक अवरुद्ध हुनेलगायत समस्याका कारणले खाद्यान्न ढुवानीमा समस्या हुन्छ’, उनले भने, ‘नगरपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा सञ्चालन गरिएको खाद्य डिपोमा आवश्यक परिमाणमा खाद्यान्न मौज्दात गरिराखेको छौँ ।’

वर्षायाममा खाद्यान्न वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन तथा उपभोक्ताले सहज  रूपमा सेवा पाउने वातावरण सुनिश्चित गर्न खाद्यान्न मौज्दात राख्ने निर्णय भएको प्रमुख शाहीले जानकारी दिए ।

‘नगरपालिकाभित्रका नागरिकलाई पुग्ने गरी खाद्यान्न मौज्दात राखिएको छ’, उनले भने, ‘रास्कोट नगरपालिकासहित आसपासका नागरिकलाई खाद्यान्न वितरणमा सहज बनाइने छ ।’ 

रास्कोट नगरपालिकाले नागरिकको खाद्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय गरिने नगरपालिका उपप्रमुख मणिराज बरालले जानकारी दिए ।

‘विपद् वा प्रतिकूल परिस्थितिमा नागरिकलाई खाद्यान्न अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग आवश्यक सहकार्यलाई थप प्रभावकारी बनाइने छ’, उनले भने, ‘त्यसका लागि आवश्यक अनुगमन तथा नगरपालिकाले रेखदेखको काम गर्नेछ ।’
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ४५ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका