‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना « Khabarhub

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी डेब्यू नायिका सलिना


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कंगाल करोडपति’मा डेब्यू नायिका सलिना तामाङको अनुबन्ध भएकी छन् ।

फिल्मको नायकमा मुकुन भुसाल यसअघि नै अनुबन्ध भइसकेका छन् । उनको जोडीको भूमिकामा सलिना अनुबन्ध भएको निर्माण पक्षले जनाएको छ ।

भारतमा अभिनय सिकेर फिल्ममा साइन गरेको उनले बताएकी छन् । भारतको मुम्बईस्थित द एक्टर्स ट्रुथ मा बलिउडका चर्चित अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय प्रशिक्षण लिएकी उनले बताइन् ।

सचदेव रणवीर कपुर स्टारर ब्लकबस्टर फिल्म ‘एनिमल’ लगायत विभिन्न चर्चित फिल्ममा अभिनय गरिसकेका अभिनेता हुन्।

फिल्ममा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त फिल्म भएको बताएकी छन्।

फिल्ममा डेब्यू पक्का भएपछि उनले भनिन्, ‘मेरो एउटा सपना पूरा भएको छ ।

फिल्म ‘कंगाल करोडपति’ ‘सिनेमा पाठशाला प्रालि’को ब्यानरमा बन्न लागेको हो । प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्माता अनिलकुमार बुढाथोकी रहेका छन् ।

फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्। निर्देशक राजु श्रेष्ठ हुन् ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १२ : ४९ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको

अनेरास्ववियूको अभियान निरन्तर, रसुवाका बाढीपीडितलाई पुर्‍यायो राहत

रसुवा– अनेरास्ववियूले बाढीपहिरोबाट प्रभावित नागरिकलाई लक्षित गर्दै सञ्चालन गर्दै आएको

यो साता नेप्से : १२ अर्ब ८१ करोड बढीको कारोबार, बीमा र लघुवित्त समूहमा भोटेकोशी बाढीको असर

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन

राष्ट्रपतिले गरे पाटन कृष्ण मन्दिरको दर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुगेर दर्शन गरेका

फेस्टिभलमा चर्चा कमाएको फिल्मको व्यापार सधैँ कमजोर, के गर्ला ‘तिनीहरू’ले ?

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको ‘तिनीहरू : एलिफेन्ट इन फग’को