सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार « Khabarhub

सरकारको पक्राउ र अनुसन्धान कदमको प्रभाव ? निरन्तर ओरालोतर्फ सेयर बजार


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुरुवातको केही मिनेटमा हरियो देखिएपनि त्यसपछि राताम्य बन्न सुरु भएको छ । मंगलबार पनि नेप्से घट्यो भने यो सातौँ दिनदेखिको निरन्तर ओरालो यात्रा हो ।

फागुन २१ गतेको निर्वाचनबाट आएको चुनावी परिणामपछि फागुन २५ गते खुलेको नेप्सेको आकार ६ प्रतिशत र १६२.९३ अंकले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको थियो । 

सर्किट लागेर बजार बन्द भएका कारण सो दिन कारोबार रकम भने जम्मा ५४ करोड ९५ लाख २६ हजार १२७ रुपैयाँ बराबर भयो । जसलाई सम्भावित बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई नेप्सेले स्वागत गरेको अर्थमा सम्बन्धित क्षेत्रका जानकारले विश्लेषण गरेका थिए ।

चैत १३ गते बालेन नेतृत्वको सरकार बनेकै दिन मन्त्रिपरिषद्ले एक सय बुँदे शासकीय सुधारका कार्यक्रम घोषणा गरेको थियो भने गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन-जी आन्दोलनको सम्बन्धमा तयार गरेको प्रतिवेदनको आंशिक कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयका आधारमा सरकार बनेको भोलिपल्ट चैत १४ गते नै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।

सरकारको सुरुवाती नीतिगत र व्यवहारिक आक्रामक गतिपछि चैत १५ गते नेप्से खुलेको थियो । सो दिन नेप्सेमा १४ अर्ब ७८ करोड ५ लाख ६ हजार ३५५ रुपैयाँको कारोबार भयो तर, ७१.५ अंकले नेप्से घट्यो । त्यसको भोलिपल्ट १६ गते पनि नेप्से ४७.७१ अंकले घट्यो ।

जसलाई फेरि जानकारहरूले पुँजीबजारले सरकारलाई विश्वास गर्न नसकेको भनेर विश्लेषण गर्न थाले । त्यसपछिका दिनमा सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दीपक खड्कालाई अनुसन्धानका लागि पक्राउ गर्यो । 

अनि सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दाकै क्रममा व्यवसायी दीपक भट्ट र उद्योगी तथा व्यवसायीहरू शंकर अग्रवाल, शुलभ अग्रवाल र शेखर गोल्छालाई पक्राउ गर्यो । जसले नेपालको सम्पूर्ण व्यवसायी तथा औद्योगिक क्षेत्र नै तरंगित हुन पुग्यो ।

त्यस्तै, सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण अनुसन्धानकै लागि एमालेका उपाध्यक्ष तथा पाँचपटक मन्त्री भइसकेका विष्णु पौडेललाई असार ८ गते पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले पाटन उच्च अदालतमा जेठ २८ गते नै दीपक भट्ट, शुलभ अग्रवाल, शेखर गोल्छा लगायतका उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दा लागेकामध्ये दीपक भट्ट र शुलभ अग्रवाल अहिले पुर्पक्षका लागि अहिले थुनामा पनि छन् । 

सो मुद्दा दायर भएको दिनको भोलिपल्टदेखि तीन दिनसम्म सेयर बजार लगातार घटेको थियो । नेप्से एमाले उपाध्यक्ष तथा पूर्व मन्त्री पौडेल पक्राउ परेपछि थप प्रभावित बन्न पुगेको देखिन्छ । पौडेल पक्राउको दिन झिनो अंकले घटेको सेयर बजार त्यसको पाँचदिन यता निरन्तर घटेको थियो भने मंगलबार पनि समाचार तयार पार्दासम्म निरन्तर ओरालो यात्रामा नै छ ।

बालेन सरकार बनेपछि मंगलबारसहित नेप्सेमा ६४ दिन सेयर कारोबार भएको छ । जसमध्ये २३ दिन मात्रै नेप्से परिसूचक बढेको छ भने बाँकी दिन ओरालो लाग्यो । नेप्सेमा भएको मंगलबार बाहेको ६३ दिनको कारोबारमा २८७९।११ अंकमा रहेको नेप्से घटेर २४६.१५ अंकले घटेर सोमबार २६३२.९६ बिन्दुमा रोकिएको थियो ।

सरकारले व्यवसायी अजयराज सुमार्गीले एक दशक अघि विदेशबाट नेपाल ल्याएको पुँजीको विषयमा पनि अनुसन्धान अगाडि बढाउँदै उनको राहदानी रोक्का गरेको छ । जानकारहरूका अनुसार सरकारको सो कदमले पनि अन्य केही व्यवसायी त्रसित बन्न पुगेका छन् ।

सरकारले विगतको अर्थराजनीतिक वातावरणमा उद्योगी व्यवसायीले गरेका गल्ति कमजोरीमाथि अनुसन्धान गर्ने कदमलाई तीव्रता दियो भने नेपालको सेयर बजार अझै प्रभावित बन्न सक्ने जानकारहरूको अनुमान छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : ०३ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको