इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने « Khabarhub

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने स्पष्ट पारेको छ। तेहरानले नयाँ राजनीतिक संवादभन्दा विद्यमान समझदारी (एमओयू) को प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएको जनाएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईलाई उद्धृत गर्दै तस्निम समाचार एजेन्सीले जनाएअनुसार, इरानले सम्झौताको प्राविधिक कार्यान्वयनको अनुगमन गर्न यसै साता विशेषज्ञहरूको प्रतिनिधिमण्डल कतारको दोहा पठाउने तयारी गरेको छ।

बाघाईले सम्झौताअनुसार अमेरिकाले इरानी तेलको बिक्री सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको उल्लेख गर्दै अब इरानको ध्यान विशेषगरी सम्झौताको धारा ११ को प्रभावकारी कार्यान्वयनमा केन्द्रित रहेको बताए। उक्त धाराले इरानका वित्तीय सम्पत्तिको व्यवस्थापन र नियन्त्रणसँग सम्बन्धित विषय समेटेको छ।

उनले कतारमा अमेरिकी प्रतिनिधिहरूको सम्भावित भ्रमणलाई इरानी प्रतिनिधिमण्डलको कार्यसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै हाल थप कूटनीतिक वार्ताको तयारी भइरहेको भन्ने अनुमानलाई अस्वीकार गरे।

अन्तिम सम्झौताका लागि वार्ता कहिलेदेखि सुरु हुन्छ भन्ने प्रश्नमा बाघाईले त्यसतर्फको प्रक्रिया अझै प्रारम्भ नभएको बताए। उनका अनुसार अन्तिम सम्झौताका लागि औपचारिक वार्ता अघि बढाउनुअघि धारा १, ४, ५, १० र ११ को सफल तथा दिगो कार्यान्वयन सुनिश्चित हुन आवश्यक छ।

यो धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मङ्गलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि सार्वजनिक भएको हो। ट्रम्पको घोषणापछि अमेरिकी विशेष दूत स्टिभ विटकफदोहातर्फ प्रस्थान गरेको र उनी कतारको राजधानी पुग्ने क्रममा रहेको जानकारी अमेरिकी सञ्चारमाध्यम सिएनएनले दुई अधिकारीलाई उद्धृत गर्दै दिएको छ।

यसैबीच, मसूद पेजेश्कियानले अमेरिकाले सम्झौताप्रति आफ्ना दायित्व पूरा गरे इरान पनि आफ्ना प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत उनले आपसी समझदारी दुई पक्षीय विश्वास र सहकार्यको आधार भएको उल्लेख गर्दै अमेरिकी पक्षले सम्झौताको पालना गरे इरान पनि त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका हुन्।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : ३६ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय