चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले रानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तनको माग गर्दै प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलामा विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै १९ वर्षदेखि लागू हुँदै आएको शैक्षिक प्रणाली तत्काल सुधार गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्न, ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्नुपर्ने माग गरेका छन् ।

यस्ता छन् मागहरू :
१. १९ वर्ष पुरानो पाठ्यक्रम र परीक्षा प्रणाली तत्काल परिवर्तन गरियोस् !
२. ब्याच डूप प्रणाली खारेज गरियोस् !
३. वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गरियोस् !
४.परीक्षाको तालिका व्यावहारिक बनाई पर्याप्त तयारीको समय सुनिश्चित गरियोस् !
५. अट्याम्स्को संख्या वृद्धि गरियोस् ! 
६. विद्यार्थीको मानसिक स्वास्थ्य, समय र भविष्य सुरक्षा गरियोस् !

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ३ : ५६ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर