लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

लागूऔषधसहित पाँच जना पक्राउ


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउँदै गरेको ७७५ किलोग्राम गाँजासहित चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३३ वर्षीय परीक्षण कुवँरलाई पक्राउ गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका–५ का २४ वर्षीय विशेष राईलाई २० किलोग्राम गाँजा र बा६४प १४३५ नम्बरको मोटरसाइकल, मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–६ का बिकुल राई र ज्ञानेन्द्र विकलाई तीन ग्राम ५०० मिलीग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका–६ का प्रदीप मण्डललाई दुई ग्राम ५१० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  २ : ५९ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको