झापामा मकै उत्पादन घट्यो  « Khabarhub

झापामा मकै उत्पादन घट्यो 


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । 
 
केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । 

चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए ।
 
उनले गत फागुनको अन्तिम साता र चैतको पहिलो साता आएको हुरीबताससहितको असिनापानीले ठूलो क्षति गर्दा मकैको उत्पादन घटेको बताए । ‘बाह्रदशी, झापा र गौरादहतिरका किसान ठूलो मारमा परेका छन्’, उनले भने, ‘कुल क्षेत्रफलको करिब नौ हजार हेक्टर जमिनको मकै असिनापानी र हुरीले सखाप पार्दा डेढ अर्बको क्षति भयो ।’

झापामा मकैको प्रतिहेक्टर उत्पादकत्वमा भने वर्षैँपिच्छे सामान्य वृद्धि भइरहेको सुखद तथ्याङ्क छ । आव २०८०/८१ मा प्रतिहेक्टर ७.८७ मेट्रिक टन उत्पादकत्व रहेकामा आव २०८१/८२ मा बढेर ७.८८ र आव २०८२/८३ मा ७.८ मेट्रिक टन पुगेको छ । यसले जिल्लामा आधुनिक कृषि प्रविधि वा उन्नत बीउको प्रयोगका कारण माटोको उत्पादक क्षमता राम्रो रहेको सङ्केत गर्छ ।

उत्पादकत्व बढे पनि मकैको कुल उत्पादन र उत्पादनशील क्षेत्रफलमा भने पछिल्लो वर्ष अनपेक्षित गिरावट आएको छ । आव २०८०/८१ मा ४४ हजार ३५ हेक्टर क्षेत्रफलमा मकैखेती भई तीन लाख चार हजार ३५ मेट्रिक टन उत्पादन भएको थियो । 

आव २०८१/८२ मा क्षेत्रफल सामान्य बढेर ४४ हजार ६२ हेक्टर पुग्दा कुल उत्पादन पनि बढेर तीन लाख ५१ हजार ४२६ मेट्रिक टन पुगेको थियो । तर आव २०८२/८३ मा मकैको कुल क्षेत्रफल ४६ हजार १२५ हेक्टर रहे पनि वास्तविक उत्पादनशील क्षेत्रफल घटेर ३५ हजार ८९२ हेक्टरमा सीमित हुन पुग्यो ।
 
उनले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सङ्घीय र प्रदेशको कृषि मन्त्रालयमा क्षतिपूर्तिका लागि आवश्यक सामग्री पठाइसकिए पनि बजेट भने हालसम्म नआएको बताए ।
 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : १० बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका