पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता « Khabarhub

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहीबार दिउँसो करिब मध्यान्हतिर काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिमपहिरो खसेको थियो।

प्रारम्भिक जानकारीअनुसार टोलीमा रहेका १० जना आरोहीसँग सम्पर्कविहीन भएको आशंका गरिएको छ। टोलीमा पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जा पनि सहभागी रहेको जनाइएको छ।

सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।

पाकिस्तान अल्पाइन क्लबले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारका उच्च निकाय र सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ।

मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिने क्लबले जनाएको सीएनएनले उल्लेख गरेको छ।

पाकिस्तान अल्पाइन क्लबका अनुसार हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको छ।

क्लबले खोज तथा उद्धार अभियान तत्काल सञ्चालन गर्न सरकारका उच्च निकाय र सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

क्लबले मौसम र सञ्चालनसम्बन्धी अवस्था अनुकूल हुनेबित्तिकै हेलिकप्टरसहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्न हरसम्भव प्रयास भइरहेको पनि जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ६ : ४८ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि