क्यान्सर अस्पतालमा ३५० शय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव « Khabarhub

क्यान्सर अस्पतालमा ३५० शय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५०० शय्या मध्ये ३५० निःशुल्क रहेको छ ।  

अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार ती निःशुल्क शय्यामा बस्ने बिरामीलाई खानाको पनि सुविधा रहेको छ ।

उनले भने, ‘हाम्रो अस्पतालमा साधारण शय्यामा तीन पटकको खानासहित निःशुल्क सेवा दिइँदै आएको छ । बिरामीलाई बिहान, दिउँसो र बेलुका अस्पतालले खाना खुवाउँदै आएको छ ।’

तीन वर्षअघिबाट अस्पतालले शय्या निःशुल्क गरेको हो । क्याविन, पेइङ् वार्ड, पोष्टप, एचडियु, आइसियु र डे केयरमा आउने बिरामीसँग अस्पतालले न्यून शुल्क लिइरहेको छ । अस्पतालमा भारतीय सीमा क्षेत्र र नेपाल भरबाट बिरामी उपचार गर्न अस्पतालमा आउने गर्दछन् । न्यून जनशक्ति र स्रोतसाधनमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता अस्पतालमा छ ।

अस्पतालमा रहेका शय्या मध्ये ७५ देखि ८० प्रतिशतसम्म भरिने गर्दछ । नेपालमा क्यान्सर उपचारका लागि सरकारी तवरको सुविधा सम्पन्न अस्पतालका रुपमा यसलाई लिइन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ०३ बजे

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।