मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल « Khabarhub

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक व्यक्ति मृत भेटिएको विषयलाई धार्मिक विवादसँग नजोड्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता तथा सूचना अधिकारी मधुसुधन न्यौपानेले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी रहेको उल्लेख गर्दै उक्त घटना विशुद्ध आपराधिक व्यक्तिहरुबाट भएको देखिएकाले विवादको विषय नबनाउनु अग्रह गरेका छन् ।

उनले घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली खटि आवश्यक अनुसन्धान भइरहेकाले शान्ति कायम राख्नेतर्फ सहयोग पुर्‍याउन नागरिकमा अपिल गरेका छन् ।

कडेरी मन्दिरको पुजारी नभई घुमि हिँड्ने व्यक्ति रहेको र बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ५३ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश