गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू) « Khabarhub

गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिराहा– प्रधानमन्त्री वालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन् ।

सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीबार गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको परिवारलाई गृहमन्त्रीले भेट्दै छन् । यो खबर थाहा पाएपछि स्थानीयले त्यहाँको बनिनिया चोकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले गणेशका परिवारले न्याय नपाउन्जेल गृहमन्त्री गुरुङलाई प्रवेश निषेध गर्ने बताएका छन् ।

हातमा प्लेकार्ड बोकेर प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङविरुद्ध उनीहरूले नाराबाजी गरेका छन् । गोली प्रहार हुँदा १५ वर्षीय किशोरको मृत्यु भएको थियो । उनलाई घाँटीमा गोली लागेको थियो ।

तस्बिर : सुरेश राय/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १ : ५१ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा