प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ?  « Khabarhub

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका छन्। मधेशवादी दलका नेताहरूले घटना भएको तीन चार दिनसम्म किन मौन बसेको भनेर प्रश्न गरेका छन् । 

सुनसरीको कप्तानगञ्जमा आइतबार रातिदेखि भएको तनावका कारण देश यस्तो बन्दा पाँच दिनपछि मात्रै राष्ट्रका नाममा सम्बोधन गर्नुले प्रधानमन्त्रीको भूमिकामाथि पनि शंका गर्ने ठाउँ भएको विश्लेषण मधेशवादी दलले सुनाए । 

आइतबार रातिदेखिको तनावमा प्रधानमन्त्री बिहीबार मात्रै सार्वजनिक र सरकारी तर्फबाट प्रस्तुत हुनुले उनको भूमिकामाथि प्रश्न गर्ने ठाउँ भएको कारण आफूहरूले त्यस्तो प्रश्न तेर्स्याएको राजेन्द्र महतो बताउँछन् । 

महतोका अनुसार घटनालाई साम्य पार्न सबै दलहरूले उत्तिकै भूमिका खेल्नुपर्ने बताउँदै सरकार तीन-चार दिनसम्म गैरजिम्मेवार हुँदा घटना अझ भड्किएको गुनासो राखेका थिए । 

महत्वकांक्षा प्रधानमन्त्री शाहले गणतन्त्र संघीयता र धर्मनिरपेक्षतापति आफूलाई शङ्का नगर्न अनुरोध गर्दै सरकारको तर्फबाट तीन-चार दिनमा केही काम नभएको स्वीकार्न नसकिने बताए । 

‘सरकारले आफ्नो ढंगले काम गरिरहेकै थियो यति धेरै घटना भयावह स्थितिमा पुग्ला भन्ने सोचेका थिएनौँ । हामीले आफ्नो ढंगले सबै सुरक्षा निकाय परिचालन गर्नुका साथै राज्यको तर्फबाट गर्नुपर्ने कर्तव्य गरिरहेका थियौँ,’ प्रधानमन्त्रीले भने, ‘पार्टी सभापतिज्यूले पनि दलहरूसँग बैठक राखिरहनु भएकै थियो। शान्ति सद्भाव कायम गर्न अपिलहरू भएकै थिए । तर घटना कहाँसम्म पुगिसकेको रहेछ ।’

घटनामा नेता शरतसिंह भण्डारी, प्रभु साह, सीके राउत लगायतले पनि प्रधानमन्त्रीको भूमिका कमजोर हुनुले पनि मधेशतिर झडप फैलिँदै गएको बताएका थिए  । 

जनमत पार्टीका अध्यक्ष राउतले सरकारी संयन्त्र र सुरक्षाकर्मी मात्रै सडकमा खटाएर घटना साम्य हुन नसक्ने बताउँदै यसको घटना निराकरणका लागि सबैले आआफ्नो ढंगबाट पल थाल्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री मौन बस्दा पनि घटनाले उग्ररूप लिएको बताउँदै राउतले भनेका थिए,’सबै मैले मात्रै गरेको काम राम्रो हो भन्ने सोच्नु दु:खद हुन्छ। अरूले दिएको सल्लाहलाई पनि प्रधानमन्त्रीले सुन्नुपर्‍यो। के कारण तपाईँ पाँच दिनसम्म चुप बस्नुभयो कि तपाईँका सचिवालय सदस्यले घटनाको विषयमा ब्रिफिङ नै गरेनन् ?’ 

उनले कप्तानगञ्जमा भएको घटनालगत्तै प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदा मौन बस्नुले पनि घटना थप भयावह स्थितिमा पुग्ने अवस्था सिर्जना भएको बताएका थिए।

मधेशवादी दलहरूले प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याउँदा उनले भने राज्यले काम गरिरहेकाले आफूले बोल्नुभन्दा कामको परिणाम देखाउन खोजेको उल्लेख गरे । 

उनले घटना साम्य पार्नका लागि सरकारी तर्फबाट गर्नुपर्ने काममा कुनै पनि हिसाबले सरकार नचुकेको उल्लेख गर्दै आगामी दिनमा सुधार्नुपर्ने कुराहरू सुधार्दै जाने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ४४ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी