कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त « Khabarhub

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएपछि मधेशका केही जिल्ला शान्त देखिएको छ । 

कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि जनकपुरधाम क्षेत्र र सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार पनि कर्फ्यु आदेश जारी छ । 

कर्फ्यु लागेपछि बजार पसल बन्द छन् भने सडकहरू सुनसान देखिएका छन् । सुरक्षालाई मध्यनजर गर्दै सो स्थानमा ठूलो संख्यामा सुरक्षा कर्मी तैनाथ गरिएको छ ।

दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा बिहीबारदेखि नै  कर्फ्यु आदेश जारी भएको हो । धनुषाका प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले जिल्लाको सुरक्षा अवस्था अहिले क्रमशः सामान्य बन्दै गइरहेको भन्दै चारैतिर सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए । 

श्रावण १४ गते बिहानदेखि सडक जाम, बजार बन्द, तोडफोड र आगजनीका घटनाहरू सुरु भएपछि स्थानीय प्रशासन ऐनअनुसार बिहीबार दिउँसो ३ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । 

उनले सामाजिक सञ्जालमा गलत, भ्रामक र अफवाह फैलाउने सूचनाहरू सम्प्रेषण गरेर समाजलाई थप उत्तेजित वा आन्दोलित नबनाउन आम नागरिकलाई अनुरोध समेत गरेका थिए । 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  २ : ४२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा