भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन « Khabarhub

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती आँखा अस्पतालमा निर्माण गरिएको नयाँ अपरेसन थिएटर भवनको उद्घाटन गरिएको छ।

भारतीय राजदूतावासका अनुसार दुईतले अपरेसन थिएटर भवनको शुक्रबार काठमाडौँस्थित भारतीय राजदूतावासकी काउन्सलर गीतांजलि ब्रैंडन र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो। परियोजना तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय राजदूतावासले जनाएको छ। यो दाङ जिल्लामा सम्पन्न भएको सातौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, अस्पताल व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गरेका थिए।

उनीहरूले नयाँ पूर्वाधारले दाङसहित आसपासका क्षेत्रका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

राजदूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशमा करिब ६ सय परियोजना अघि बढाइएको छ। तीमध्ये लुम्बिनी प्रदेशमा ६६ वटा र दाङ जिल्लामा सात वटा परियोजना रहेका छन्।

यसका साथै भारत सरकारले दाङ जिल्लाका स्वास्थ्य तथा शैक्षिक संस्थालाई १९ वटा एम्बुलेन्स र आठ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ।

लुम्बिनी प्रदेशभर भने विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थालाई १६९ वटा एम्बुलेन्स र ५९ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको छ। सन् २०२२ को जनवरीमा राप्ती आँखा अस्पताललाई पनि एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास साझेदारीअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्‍याउनुका साथै नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई थप सुदृढ बनाउने जनाएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ३ : ३४ बजे

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न,

शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको

मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि

मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी

एजेन्सी– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा