‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’ « Khabarhub

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि सहर निर्माणको अवधारणामा काम गर्न सभा अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आजको बैठकमा प्रादेशिक सरोकारका विषयमा आफ्नो धारणा राख्दै उनले पहाडबाट मधेस तथा मधेसबाट काठमाडौँ र ठूला सहरतर्फ भइरहेको बसाइँसराइ अव्यवस्थित र चिन्ताजनक बन्दै गएकाप्रति सचेत गराएकी हुन् ।

विकासका लागि खानेपानी, बिजुली र सडक पुगेका ठाउँबाट समेत ठूलो सङ्ख्यामा बसाइँसराइ हुनु अव्यवस्थित भएको भन्दै सदस्य झाँक्रीले नागरिकलाई आफ्नै ठाउँमा आबद्ध गराउने नीति र सहर निर्माणको अवधारणामा काम गर्नुपर्नेमा जोड दिइन् ।
 
सांसद झाँक्रीले लुम्बिनी प्रदेशसँगै सबै प्रदेशमा कर्मचारीको दरबन्दी मिलान र सृजना तथा कर्मचारीलाई प्रोत्साहन गर्ने व्यवस्थाको आवश्यकतासमेत औँल्याइन् । 

उनले सङ्घीयता विशिष्ट परिस्थितिमा आएको स्मरण गराउँदै सङ्घ र स्थानीय तहबीचको दूरी घटाउन ध्यानाकर्षण गराइन् । सङ्घीय  सरकारले निश्चित वडामा स्वास्थ्यकर्मी, इन्जिनियर प्रशासनका कर्मचारीको व्यवस्था गर्नुपर्ने तथा स्थानीय तहमा कर्मचारीलाई अपमान होइन, प्रोत्साहनसहित पठाउनुपर्ने उनको भनाइ छ ।

सङ्घ र प्रदेशका समान प्रकृतिका विकास एकाइ बनिरहेका विषयमा खर्च घटाउने क्रममा पुनरावलोकन गर्नुपर्ने, विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाउनुपर्ने तथा सङ्घबाट सृजना भएको दरबन्दी र स्थानीय तहबाट भइरहेको अध्यापन व्यवस्थाबीच समायोजन गर्नुपर्ने उनले बताइन्।

सदस्य झाँक्रीले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक मेलमिलाप र सद्भाव कायम गर्न प्रेम र विश्वास आवश्यक रहेको धारणासमेत व्यक्त गरिन् ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ४ : ३२ बजे

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न,

शंकर पोखरेलले भने- अहिलेका घटनाको संवेदनशीलता बुझ्न र सही तरिकाले समाधान गर्न सरकार चुक्यो

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशका विभिन्न स्थानमा घटेको

मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि

मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी

एजेन्सी– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा