मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट « Khabarhub

मन्त्री चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि अकुङ्गाको भेट


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग युनिसेफ नेपालका प्रतिनिधि एलिस अकुङ्गाले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालको विश्वासिलो विकास साझेदारका रूपमा युनिसेफले देशभरका बालबालिका र महिलाको जीवनस्तर सुधार गर्न गरिरहेको योगदानका बारेमा चर्चा भएको थियो ।

मन्त्री चौधरीले नेपालसँगको दीर्घकालीन साझेदारी र विभिन्न आवधिक राष्ट्रव्यापी कार्यक्रममार्फत युनिसेफले पुर्‍याएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरिन् । 

उनले युनिसेफको राष्ट्रव्यापी कार्यक्रम कार्ययोजनाका प्राथमिकता र सञ्चालित कार्यक्रम नेपालका विकास प्राथमिकतासँग मिल्ने देखिएका उल्लेख गर्दै सो योजनाका लागि धन्यवाद दिइन् ।

मन्त्री चौधरीले नेपाल सरकारले सुशासन, समावेशी आर्थिक वृद्धि, गुणस्तरीय सार्वजनिक सेवा प्रवाह र संस्थागत सुदृढीकरणका लागि एक सयबुँदे सुधार कार्यक्रम सञ्चालन गरेको अवगत गराउँदै त्यसमा स्वास्थ्य र शिक्षा क्षेत्रका सुधारसमेत समावेश गरिएको जानकारी गराइन् । 

उनीहरूबीच नेपाल सरकार र युनिसेफबीचको विद्यमान सहकार्य र सहयोगको स्तरलाई अझ सुदृढ बनाउन सहकार्य र समन्वयबाट काम गर्न आवश्यक रहेका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ०४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा