मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी « Khabarhub

मालीमा रुसी हवाई आक्रमण, आठ सर्वसाधारण मारिएको दाबी


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्युमन राइट्स वाच (एचआरडब्लु) ले गत जुन महिनामा मध्य मालीको एक गाउँमा रुसी सरकार समर्थित अफ्रिका कोप्र्सले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

संस्थाले आक्रमणमा कुनै पनि इस्लामिक विद्रोही लडाकु मारिएको प्रमाण नभेटिएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्न माली सरकारसँग आग्रह गरेको छ।

एचआरडब्लुका अनुसार जुन १५ मा मोप्टी क्षेत्रस्थित किर्निया गाउँमा रुसी सुखोई सु–२४ आक्रमणकारी विमानबाट दुईवटा बम खसालिएका थिए। पहिलो बम गाउँ प्रमुखको घर नजिक खस्दा उनकी श्रीमती र तीन सन्तानको मृत्यु भएको थियो। दोस्रो बम नजिकैको गाईवस्तु बजारमा खस्दा थप चार जनाको ज्यान गएको संस्थाले जनाएको छ।

यद्यपि, एसोसिएटेड प्रेस (एपी) ले एचआरडब्लुको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।

एचआरडब्लुले घटनाबारे १९ जनासँग अन्तर्वार्ता लिएको, उपग्रह तस्बिरहरूको विश्लेषण गरेको तथा अफ्रिका कोप्र्सले सार्वजनिक गरेको भिडियोसमेत अध्ययन गरेको जनाएको छ। उक्त भिडियोमा आक्रमणलाई ‘आतंककारीहरूको जमघट’ लक्षित गरिएको दाबी गरिएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार घटनाको समयमा गाउँमा करिब १०० जना जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमिन (जेएनआइएम) का लडाकु रहेको अनुमान गरिए पनि उनीहरू अधिकांश अन्य स्थानमा भेला भएका थिए। त्यसैले आक्रमण स्पष्ट सैन्य लक्ष्यमा केन्द्रित भएको देखिँदैन भन्ने निष्कर्ष एचआरडब्लुको छ।

अधिकार समूहले माली सरकारलाई घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ। अन्यथा यो घटना सम्भावित युद्ध अपराधका रूपमा व्याख्या हुन सक्ने चेतावनी पनि संस्थाले दिएको छ।

रुसको रक्षा मन्त्रालयले भने यस विषयमा गरिएको टिप्पणीको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

माली एक दशकभन्दा बढी समयदेखि अल–कायदा र इस्लामिक स्टेटसँग आबद्ध सशस्त्र समूहहरू, विशेषगरी जेएनआइएम, तथा उत्तरका तुआरेग पृथकतावादी विद्रोहीहरूको हिंसात्मक गतिविधिबाट प्रभावित हुँदै आएको छ। पछिल्ला महिनाहरूमा जेएनआइएम र तुआरेग विद्रोहीहरूको गठबन्धनले राजधानी बामाकोको विमानस्थल, नजिकैको काटी सैन्य छावनी तथा उत्तर र मध्य मालीका विभिन्न सहरमा समन्वित आक्रमण गरेपछि त्यहाँको सुरक्षा अवस्था थप जटिल बनेको छ।

सन् २०२१ को अन्त्यदेखि मालीको सैनिक नेतृत्वलाई विद्रोहीविरुद्धको अभियानमा सहयोग गर्न रुसी भाडाका सैनिकहरू त्यहाँ सक्रिय छन्। गत वर्ष निजी सैनिक समूह वाग्नरको स्थानमा रुसको रक्षा मन्त्रालयअन्तर्गतको अफ्रिका कोप्र्सले मालीमा आफ्नो भूमिका विस्तार गरेको थियो।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ०१ बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन