केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी « Khabarhub

केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले केशम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कडा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको ‘आतंकवादी आक्रमण’ को संज्ञा दिएका छन् । 

उनले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै गालिबफले केशम टापुको घटना मिनाब र लामर्डमा भएका पूर्व घटनाकै निरन्तरता भएको दाबी गरे। उनले अमेरिकाले युद्धभूमिमा भोगेका असफलताको क्षतिपूर्ति निर्दोष नागरिकमाथि आक्रमण गरेर गर्न खोजेको आरोप लगाउँदै इरानले यसको कडा जवाफ दिने बताए।

गालिबफको प्रतिक्रिया अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा आइआरजीसीका दर्जनौँ लक्ष्यविरुद्ध ठूलो सैन्य कारबाही सम्पन्न गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो । सेन्टकमका अनुसार जुलाई २९ को राति सम्पन्न आक्रमणमा आइआरजीसीका सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन केन्द्र, तटीय निगरानी र रक्षा संरचना तथा समुद्री सैन्य क्षमतासँग सम्बन्धित स्थलहरूलाई निशाना बनाइएको थियो ।

अमेरिकी सेनाले जुलाई २८ मा इरानी सेनाले मध्यपूर्वमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी प्रहार गरेका सबै ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरिएको दाबी पनि गरेको छ । सेन्टकमले मध्यपूर्वमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक उच्च सतर्कतासाथ तैनाथ रहेको जनाएको छ ।

यता इरानले केशम टापुमा भएको भनिएको अमेरिकी आक्रमणको प्रतिउत्तरस्वरूप जोर्डनस्थित अल–अजराक हवाई अड्डामा रहेको अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । 

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले अमेरिकी एफ–३५ लडाकु विमान राखिएको क्षेत्र र मर्मत केन्द्रलाई लक्षित गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

आइआरजीसीले उक्त आक्रमणमा तीनवटा एफ–३५ लडाकू विमान पूर्ण रूपमा नष्ट भएको, थप तीनवटा गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा केही अमेरिकी सैनिक, प्राविधिक र मर्मतसम्भार कर्मचारी मारिएको दाबी गरेको छ । यी दाबीहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

इरानी पक्षले अमेरिकी सेनाले जोर्डनस्थित आधारबाट सञ्चालन गरेको हवाई आक्रमणमा केशम टापुका दुई आवासीय घर बंकर–बस्टर बमबाट ध्वस्त पारिएको, एक बालकसहित एकै परिवारका तीन जनाको मृत्यु भएको र अन्य दुई बालबालिका घाइते भएको आरोप पनि लगाएको छ । अमेरिकी पक्षले भने यी आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
 

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : १२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा