फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध « Khabarhub

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले उक्त निर्णयको विरोध गर्दै यसलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिएका छन्। फ्रान्सेली सरकारले भने उनीमाथि राष्ट्रको मौलिक हितविरुद्ध रुसी प्रचार सामग्री फैलाएको आरोप लगाएको छ।

फेडोरोभाले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक प्रतिक्रिया दिँदै सरकारको कदम आधिकारिक धारणासँग नमिल्ने विचारलाई दबाउने प्रयास भएको बताएकी छन्। उनले आज आफूलाई निशाना बनाइएको भए पनि भविष्यमा फरक मत राख्ने जोसुकै यस्तै कारबाहीको सिकार हुन सक्ने दाबी गरिन्।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसै साता फेडोरोभालाई देश छोड्न आदेश दिँदै उनले रुसी प्रचार सामग्रीमार्फत फ्रान्सको मौलिक राष्ट्रिय हितमा आघात पुर्‍याउने प्रयास गरेको आरोप लगाएका थिए ।

४५ वर्षीया फेडोरोभा रुसी सरकारी सञ्चारमाध्यम आरटीको फ्रान्सेली सेवाकी पूर्वप्रमुख हुन् । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि फ्रान्सले आरटीको प्रसारणमा प्रतिबन्ध लगाएको थियो। हाल उनी फ्रान्सेली उद्योगपति भिन्सेन्ट बोलोरेसँग सम्बन्धित सञ्चारमाध्यम समूहमा टिप्पणीकारका रूपमा कार्यरत छन्।

फेडोरोभाले आफूविरुद्ध आपतकालीन कानुनी प्रक्रियाअन्तर्गत निष्कासन आदेश जारी गरिएको जानकारी दिए। मुद्दासँग परिचित एक स्रोतका अनुसार आदेशको जानकारी पाएपछि उनलाई निगरानीमा राखिएको छ।

फ्रान्सेली वित्त मन्त्रालयले हस्तक्षेपसम्बन्धी सम्भावित नयाँ गतिविधि रोक्न बनाइएको कानुनी व्यवस्थाअनुसार फेडोरोभाको सम्पत्ति छ महिनाका लागि रोक्का गरिएको जनाएको छ।

फेडोरोभाले आफ्ना कानुनी प्रतिनिधिमार्फत निष्कासन आदेश तथा सम्पत्ति रोक्का गर्ने निर्णय दुवैलाई अदालतमा चुनौती दिने बताए। उनका वकिल इम्मानुएल पिभ्निकाले फेडोरोभा ‘निरन्तर अभियान’ को सिकार भएको दाबी गरेका छन्।

उनी कार्यरत सञ्चारमाध्यम समूहले पनि निष्कासन आदेशप्रति आश्चर्य व्यक्त गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको प्रतिक्रिया दिएको छ।

यता, गलत सूचना अध्ययन गर्ने विज्ञहरूले भने फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि आरटीकी पूर्वपत्रकार फेडोरोभाको सम्भावित प्रभावबारे यसअघि नै चिन्ता व्यक्त गर्दै आएका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ७ : ५१ बजे

आफूलाई आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट आफूलाई हटाएर मनोजकुमार केसीलाई

आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र

‘डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाएर नियन्त्रणमा लियौँ’

काठमाडौं– डलर साटिदिने भन्दै ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको