सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए « Khabarhub

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।

आज साँझ ६ बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए।

तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ६ : ११ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ