एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो « Khabarhub

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।

सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : २० बजे

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी