ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै « Khabarhub

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धार, राहत र पुनर्निर्माणका लागि ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन् ।

ऊर्जा मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार अब आफ्नै सूचना प्रणाली बनाउन लागेको हो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार तत्काल मन्त्रालयको सूचना प्रवाहका लागि मन्त्रालयअन्तर्गत कुन जलविद्युत् आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न ‘रियल टाइम अपडेट’ प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो । ‘कुनकुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङ भित्र र बाहिर कति छन् ? हाम्रो प्रभावित १६ वटा आयोजनामा कहाँकहाँ रेस्क्यु अपरेसन भइरहेको छ ? कति जनाको बाहिर उद्धार गरियो ? भित्रको प्रयासहरू केके हुँदैछ ? भन्ने विषयलाई लिपिबद्ध बनाउने प्रयासमा छौँ’, उनले भने ।

रियल टाइम अपडेट प्रणालीमार्फत विपद् प्रभावित मुख्य १६ वटा जलविद्युत आयोजनाहरूमा सुरुङभित्र र बाहिर रहेका श्रमिकरकर्मचारीहरूको स्थिति, उद्धारको अवस्था, सामग्रीको परिचालन र आवश्यक राष्ट्रियरअन्तर्राष्ट्रिय विज्ञहरूको पुलिङसम्बन्धी विवरण अभिलेख र अनुगमन हुनेछ ।

रसुवामा बाढी आउने वितिकै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन, द्रुत उद्धार तथा पूर्वाधार पुनर्निर्माणका लागि आफ्नै नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति सिनियर म्यानेजमेन्ट टिम (एसएमटी) गठन गरेका थिए । जलविद्युत आयोजना, सबस्टेशन तथा सिँचाइ पूर्वाधारमा पुगेको क्षति र विपद्को अवस्थालाई सम्बोधन गर्न मन्त्रालयको सचिव, विभाग, महाशाखा र केन्द्रका प्रमुखहरु, नेपाल विद्युत प्राधिकरणका एमडीसहित उच्च अधिकारी सम्मिलित उच्चस्तरीय संयन्त्र सुरुवाती दिनदेखि नै बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणमा खटिएको थियो ।

मन्त्रालय मातहतका उच्च अधिकारीहरु आफै फिल्डमा खटिएका थिए । उनीहरुले आफू मातहतका अरू निकायसँग सामग्री व्यवस्थापनमा समन्वय गर्ने, उद्धारमा गृह मन्त्रालयलाई सहयोग गर्ने काम गरेका थिए । साथसाथै विद्युत् आपूर्ति अवरुद्ध भएको ठाउँमा विद्युत पुर्‍याउने, वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने काममा संयन्त्र सक्रिय भएको थियो । संयन्त्रकै सक्रियतामा नुवाकोटको ९० प्रतिशत ठाउँमा पुनः विद्युतीकरण भइसकेको छ भने रसुवामा पनि द्रुत गतिमा पुनः विद्युतीकरणको काम भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ८ : ५२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व