रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु) « Khabarhub

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ । बाहुनबेसी–छाप–लच्याङ–सरम्थली–पार्टीखर्क–फलाको खोलापुल–घिचेट हुँदै धुन्चेसम्म पुग्ने यो सडक अहिले यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनका लागि प्रयोग भइरहेको छ।

तर, वैकल्पिक सडक साँघुरो र अत्यधिक चिप्लो भएकाले यात्रु तथा चालकले निकै सास्ती व्यहोर्नुपरेको छ । सडकमा एक पटकमा एउटा मात्र गाडी सहज रूपमा गुड्न सक्ने अवस्था रहेकाले दुईतर्फबाट सवारीसाधन आएमा जाम हुने गरेको छ ।

विशेषगरी उकालोमा पिकअप लिन नसक्ने सवारीसाधन र राहत सामग्री बोकेका ठूला ट्रकहरू समस्यामा पर्ने गरेका छन्। कुनै एउटा सवारीसाधन बिग्रिएमा वा उकालो चढ्न नसकेमा पछाडि रहेका अन्य सवारीसाधनसमेत घण्टौँसम्म रोकिनुपर्ने अवस्था छ।

राहत सामग्री लिएर रसुवातर्फ गएका केही ट्रकसमेत उकालो चढ्न नसकेर बाटोमै फसेका छन्। सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एक सवारीसाधन राति १ बजे धुन्चे पुगे पनि यात्राका क्रममा करिब ५–६ वटा सवारीसाधन उकालो चढ्न नसकेर केही समय बाटोमै रोकिएका थिए।

मुख्य सडक तत्काल सञ्चालनमा आउन नसके वैकल्पिक सडकमा सडक सुधार, ग्राभेल तथा सवारी व्यवस्थापनको व्यवस्था गर्नुपर्ने देखिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ११ : ०२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व