भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन « Khabarhub

भोटेकोशी बाढी : ९०३ वटा शव फेला, चार हजारभन्दा बढी सम्पर्कविहीन


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको निधन भएको पुष्टि गरेको छ ।

उक्त बाढीमा परी हालसम्म २६७ जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले ४ हजार ३४७ जना सम्पर्कविहीन रहेको जनाएको छ । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालसहित २० हजार ८९९ सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिइन् । उनका अनुसार बाढी पहिरोमा फसेका हालसम्म १० हजार ४५९ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार, नेपाली सेनाले हेलिकप्टरमार्फत तीन हजार ३४४ नेपाली नागरिक र २५२ विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । त्यसका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ ।

सरकारले मुख्य प्रभावित रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख नगद राहत सहयोग उपलब्ध गराएको छ । साथै प्रभावित १५ वटा पालिकालाई छ करोड ७५ लाख उपलब्ध गराएको जानकारी दिइएको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाउने काम भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ११ : ५६ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल