एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित « Khabarhub

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

कप्तान सन्दीपले लिए ५ विकेट


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभल मैदानमा आज भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले सानदार सुरुवात गरेको हो ।

बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे । नेपालका अर्जुन कुमालले सर्वाधिक ३९ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले १९, आशिफ शेखले १८ र देव खनालले १० विकेट लिए । बहराइनका इमरान जाभेद अनवरले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले ३६ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।

बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए । यस्तै, मोहम्मद वासिमले १३, अली दाउदले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै, ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।

नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।

हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकोमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।

एसियन क्रिकेट काउन्सिल ९एसीसी० का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।

गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।

नेपाली टोलीमा सन्दीप लामिछाने ९कप्तान० आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : १७ बजे

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५