जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू « Khabarhub

जिल्ला प्रशासन गुल्मीले भन्यो- बाढीपीडितका नाममा अनधिकृत ढङ्गले चन्दा सङ्कलन नगर्नू


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गुल्मी– जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणसँग अनधिकृत चन्दा सङ्कलन नगर्न अपिल गरेको छ । 

भोटेकोशी बाढीपीडितका नाममा जिल्लामा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले प्रशासनको अनुमति बेगर सर्वसाधारणसँग चन्दा असुल गर्न थालेपछि प्रशासनले उक्त आग्रह गरेको हो । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा आज जारी गरिएको सूचनामा जिन्सी सहायता सामग्री पठाउन चाहनेहरूले सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्धसहित जिल्ला प्रशासनसँग आवश्यक समन्वय गर्न भनिएको छ । 

साथै सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषको आधिकारिक बैङ्क खातामा रकम जम्मा गर्न सकिने जनाएको छ । 

प्रशासनले सामाजिक सञ्जालमा तथ्यहीन सूचना, विभत्स फोटो तथा भिडियो पोस्ट र सेयर नगर्न, पीडित परिवारलाई हतोत्साहित बनाउने  भ्रम फैलाउने काम नगर्न आज सूचना जारी गरेको छ । 

राजधानी प्रवेश गर्ने मुख्य पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द रहेको र वैकल्पिक मार्गहरूको यात्रा पनि कठिन रहेकाले अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न पनि आग्रह गरिएको छ । प्रशासनले मनसुन सक्रिय रहेकाले जिल्लाका विभिन्न सडक तथा बस्तीहरू समेत जोखिममा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यसका अतिरिक्त नजिकिँदै आएको हरितालिका तीज पर्वलाई मध्यनजर गर्दै उक्त पर्वलाई भड्किलो र तडकभडक नगरी सामान्य तरिकाले मनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ५३ बजे

अमेरिका–चीनबीच ‘एआई संवाद’ को तयारी

न्युयोर्क- अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा

त्रिपुरेश्वर चोकमा रोकिराखेको बसमा आगलागी

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको एउटा बसमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित

चीनको एक कपडा कारखानामा आगलागी, आठ जनाको मृत्यु

ग्वाङ्दोङ- दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको कपडा कारखानामा आगलागी

‘जेन-जी’ आन्दोलनमा क्षतिग्रस्त बनेपा नगर भवन पुनःनिर्माण नहुने, बहुप्राविधिक शिक्षालयबाट थालियो सेवा

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ

नेपालगञ्जमा पछिल्लो डेढ महिनामै बाँदरले ४० जनालाई टोक्यो

राँझा– नेपालगञ्जमा बाँदरको आक्रमणमा परी ४० जना घाइते भएका छन्