भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ « Khabarhub

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न संकट समाधान तथा खोज, उद्धार र राहत व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तीव्र बनाएका छन्।

प्रधानमन्त्री शाहले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग एकपछि अर्को गरी भेटवार्ता गर्दै बाढी प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनको अवस्थाबारे जानकारी लिइरहेका छन्।

शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी हालसम्म भएका खोज तथा उद्धारका प्रयास, राहत व्यवस्थापन र प्रभावित क्षेत्रमा देखिएका समस्याबारे ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्रीले अब केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले सञ्चालन गरिरहेको खोज, उद्धार तथा राहत कार्यबारे जानकारी लिने कार्यक्रम छ।

त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भेट गरी प्रहरीको तर्फबाट भइरहेका खोज तथा उद्धार, बेपत्ता व्यक्तिको खोजी तथा प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थाबारे ब्रिफिङ लिने तयारी छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। 

बाढीपछि बेपत्ता व्यक्तिको खोजी, प्रभावितको उद्धार तथा राहत व्यवस्थापनलाई तीव्रता दिन सुरक्षा निकाय परिचालन गरिएको छ। तर त्रिशूली थ्री ए, लाङटाङसहितका जलविद्युत् आयोजनामा फसेका सयौं मजदुर र इन्जिनियर निकाल्ने काममा सरकारलाई सफलता मिल्न सकेको छैन।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ५९ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा